×

वीरगञ्ज, ५ असार उपप्रधानमन्त्रि तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादवले संघीय सरकारले स्थानीय तहलाई पठाएको बजेट सदूपयोग भएमा पाँच वर्षमा राष्ट्रको मुहार फेरीने बताउनु भयो । उहाँले हाल स्थानिय तहमा संघीय सरकार, प्रदेशिक सरकारले पठाएको करोडौ रुपैयालाई पूर्वधार विकासमा खर्चिए मलुकको मुहार फेरीन समय नलाग्ने दाबी गर्नुभयो ।

संघीय समाजवादी फोरम (नेपाल)पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको कार्यकर्ता भेटभाघ कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले स्थानिय तहमा आउने करोडौ रुपैयालाई अब इमान्दारी पूर्व पूर्वधार विकासमा खर्च गरी राष्ट्र निर्माण गर्ने बेला आएको बताउनुभएको हो । ‘विकास आजको आवश्यकता हो । यसमा सबै तहका सरकारको इमानदारी चाहिन्छ,’ उहाँले भन्नुभयो ।

मन्त्रि यादवले आजको पहिलो अवस्यक्ता आर्थिक समृद्धी भएको बताउनुभयो । उपलब्धीलाई संस्थागत गर्दै थप अधिकार प्राप्तीका लागि तयारी गर्नुपर्ने उहाँको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक, धर्मनिर्पेक्ष, गणतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई समृद्धीको बाटोमा डो¥याउदै बाकी रहेका अधिकारका लागि शक्ति संचय गर्नु पर्छ,’ उहाले भन्नुभयो ।

१५ शैयासम्मको स्थास्थ्य चौकी वा अस्पतालाई स्थानिय तहकै जिम्मा र सोभन्दा बढी शैयाका अस्पतालाई प्रदेश सरकारको जिम्मा दिने केन्द्र सरकारले तयारी गरेको यादवले जानकारी दिनुभयो । उहाँले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालाई प्रदेश स्तरिय र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विद्यालयको रुपमा विकास गर्न सरकारले तयारी गरीहरेको पनि बताउनुभयो ।

२ नं. प्रदेशको नाम परिर्वतन गरी मधेस प्रदेश कायम गर्न प्रदेश सरकारलाई भन्दै आएपनि प्रदेश सरकारले खुट्टा कमाएको आरोप यादवले लगाउनु भयो । संसफोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रनितिधि सभाप्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रनितिधि सभा सदस्य विमल प्रसाद श्रीवास्तव, हरिनारायण रौनियारलगायतका वक्ताले पार्टी भित्र देखिएको मतभेदलाई अन्त्य गर्न आग्रह गर्नुभयो ।

Back to top