मूल भन्सारबाट मरिच पास गराउने एजेन्ट पक्राउ मरिच धनिलाई उन्मुक्ती

5077

वीरगंज, ४ असार पर्सा प्रहरीले जेठ २२ गते भारतीय नं. युपी ७८ बिटी ३८०४ को ट्रकमा लोड १२ टन मरिच वीरगंज मूल भन्सारबाट छाला भनी मरिच पास गराउने भन्सारका मुख्य एजेन्टलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । चिनीमिल आवास क्षेत्रअगाडि पिपरा निवासी वीरेन्द्र गुप्तालाई प्रहरीले आइतवार पक्राउ गरेको छ । गुप्ताले छाला भनी १२ टन २ सय किलो मरिच भन्सारको मुख्य नाकाबाट ग्रीन सिग्नलमार्पmत् ट्रकलाई पास गराएको आरोपमा पक्राउ गरेको स्रोतले जानकारी गराएको छ । यस विषयमा प्रहरी उपरीक्षक रेवती ढकालसँग बुभ्mदा उनले अपराध अनुसन्धान महाशाखा काठमाडौंको पत्र अनुसार आपूmले गुप्तालाई पक्राउ गरेको बताए । पक्राउ परेका गुप्तालाई भोलि काठमाडौं पठाउने प्रउ ढकालले जानकारी गराए । प्राप्त जानकारी अनुसार २ साताअगाडि पर्सा प्रहरीले जेठ २२ गते भारतीय नं. युपी ७८ बिटी ३८०४ को ट्रकमा लोड १२ टन मरिच पक्राउ गरेको थियो । पक्राउ मरिचको विषयमा छानबिन गर्न प्रहरी मुख्यालय काठमाडौंले छुट्टै समिति गठन गरेको छ । सोही अनुसार केही दिनअगाडि राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगंजका तीनजना व्यपारीको गोदाममा छापामारी गरी गोदाम सिल गर्नुका साथै आवश्यक सबै कागजात लगेको छ । यता राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगंजका तीनजना व्यपारीको गोदाममा छापामारी गरे पनि शुभलाभको खेलमा वीरगन्जका मुख्य मरिचका तस्करलाई जोगाउन एजेन्ट वीरेन्द्र गुप्ता पक्राउ मुदालाई ओझलमा पार्न खोजेको केही ब्यपारीहरुको भनाई रहेको छ ।