×

वीरगञ्ज, ३ असार, वीरगञ्जमा ‘बैङ्कर्स बास’ कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जमा कार्यरत वाणिज्य बैङ्कका कर्मचारीहरूको संस्था बैङ्कर्स क्लवको आयोजनामा सो कार्यक्रम भएको हो । वीरगञ्जमा कार्यरत वाणिज्य बैङ्कका कर्मचारीहरूबीच अन्तरसम्बन्ध र अनुभव आदानप्रदानका लागि यो कार्यक्रम गरिएको क्लवका सदस्य एवम् एभरेष्ट बैङ्क लिमिटेड वीरगञ्जका प्रबन्धक प्रणय प्रधानले बताए । वीरगञ्जमा १० वर्षपछि यस्तो कार्यक्रम भएको हो । यसअघि सन् २००८ मा आयोजन भएको थियो । बैङ्कर्सहरूबीचको अन्तरक्रियात्मक र परिचायत्मक कार्यक्रमले वित्तीय क्षेत्रका कर्मचारीहरूबीच व्यक्तिगत सुसम्बन्ध र व्यावसायिक दक्षता अभिवृद्धिमा सघाउ पुग्ने विश्वास आयोजकले गरेको छ । सो अवसरमा विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो ।

Back to top