आकाश बाट अनौठो बर्षा भएपछि वीरगन्ज र ठोरीबासी आश्चर्यमा

513

Share
  • 115
  •  
  •  
    115
    Shares

हेम चापागाइ वीरगज्व २ असार सामान्यतया आकाशबाट परेको पानी शुद्ध हुन्छ भन्ने गरिन्छ, त्यसमा पनि बर्षाको मौसममा परेको पानी त अझै सफा हुनु पर्ने हो, तर आकाश बाट हिलो खस्न थालेपछि कस्तो होला ? यस्तै अनौठो बर्षा भएको छ पर्साको वीरगन्ज र ठोरी क्षेत्रमा । बर्षाको मौसम सुरु भएसगै आकाशबाट अनौठो बर्षा भएपछि पर्साको वीरगन्ज र ठोरी क्षेत्रका स्थानीय आश्चर्यमा परेका छन् । असार १ गते साझ आकाश बाट परेको पानीमा हिलो मिसिएको धमिलो पानी झरेपछी स्थानीय बासी अचम्ममा परेका हुन् । शुक्रबार बिहानै देखी आकाश धुम्म भएपनी दिनभर बर्षा भने भएको थिएन तर साझ ६ ः ३० बजेतिर करिब ५ मिनेट भएको बर्षा मा भने आकाशबाट माटो सहितको हिलाम्मे पानी झरेको थियो । आकाश बाट हिलो र पानी परेपछि जमिनमा रहेका सवारी साधन, घरका छाना, घरको छ्तमा राखिएका पानीका टेन्की लगायतमा हिलाम्य देखिएको छ । सामान्यतया सूर्यको तापको कारण जमिन तथा समुद्रमा भएको पानी बाफ बनेर आकाशमा पुग्ने गर्दछ र चिसो भएपछि त्यही बाफ पानी बनेर जमिनमा बर्षा हुने गर्दछ । यस भन्दा अघि आकाशबाट धमिलो पानी परेको आफुले कहिल्यै नदेखेको र आज आफ्नै अगाडी यस्तो घटना देख्दा आश्चर्य लागेको स्थानीय शिक्षक नारायण श्रेष्ठ र वीरगन्जका पत्रकार शत्रुधन नेपालले बताउनु भयो । साझपख सफा पानीले नुहाएर विश्वकप फुटबल हेर्न चोकचोकमा जम्मा भएका स्थानीयहरुको शरीरभर हिलो पानी झरेपछी फेरि नुहाउनु परेको स्थानीय बल बहादुर श्रेष्ठको दाबी छ । सफा पानीले धोएर सुकाएका कपडाहरुमा हिलैहिलो भएपछि फेरि धुनु परेको स्थानीयबासीले बताएका छन् । बिश्वका विभिन्न स्थानहरुमा आकाशबाट माटो, कपास, मासुका टुक्रा आदि झर्ने गरेको सुन्दै आइरहेको भएपनि आकाशबाट यसरी हिलाम्मे पानी झरेको यस क्षेत्रका लागी एउटा नौलो उदाहरण बनेको छ । सेल्फीको जमाना भएको कारण पनि हिलो सहितको पानी झरेको यो अनौठो घटनाका तस्वीरहरु स्थानीय बासीले तत्कालै आफ्ना मोबाईल तथा क्यामेरा हरुमा कैद गरेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here