२१ औं विश्वकप आजदेखि, एक महिनासम्म १२ रंगशालामा हुने

175

Share
  •  
  •  
  •  

विश्वकप फुटबल बिहीबार (आज) रातिदेखि रसियामा भव्यरुपमा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् ।
पहिलो खेल रुस र साउदी अरेबियाबीच हुनेछ । आजदेखि करिब एक महिनासम्म चल्ने विश्वकपमा ३२ देश सहभागी हुँदैछन् । ३२ देशबीच ६४ वटा खेल हुनेछन् । खेल लिग कम नकआउटका आधारमा हुनेछ ।

रुसका विभिन्न १२ वटा रंगशालामा विश्वकप हुँदैछ । जसमा ७३६ जना खेलाडी प्रतिष्पर्धामा उत्रिँदैछन् ।

रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने छन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछिन् । उद्घाटन समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित हुनेछन् । रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी नै आजको उद्घाटनमा आकर्षणको केन्द्र बन्नेछन् ।
नेपाली समय अनुसार उद्घाटन समारोह ८ बजेर १५ मिनेटमा सुरु हुनेछ । उद्घाटन समारोह हेर्न करिब ८० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

करिब आधा घण्टासम्म चल्ने उद्घाटन कार्यक्रमपछि नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ । रसियाले २१औं संस्करणको विश्वकप फुटबल पहिलो पटक आयोजना गर्न लागेको हो । जुलाइ १५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक रसियासँगै, समूह ए मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह बी मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

समूह सी मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह डी मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह ई मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् ।  त्यस्तै, समूह एफमा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह जी मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह एच मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् ।

कुन रंगशालामा हुँदैछ कसको प्रतिस्पर्धा ?

रुसका विभिन्न १२ वटा रंगशालामा विश्वकप हुँदैछ । जसमा ७३६ जना खेलाडी प्रतिष्पर्धामा उत्रिँदैछन् ।
रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने छन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछिन् । उद्घाटन समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित हुनेछन् । रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी नै आजको उद्घाटनमा आकर्षणको केन्द्र बन्नेछन् ।
नेपाली समय अनुसार उद्घाटन समारोह ८ बजेर १५ मिनेटमा सुरु हुनेछ । उद्घाटन समारोह हेर्न करिब ८० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।
करिब आधा घण्टासम्म चल्ने उद्घाटन कार्यक्रमपछि नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद प्रेमीहरुको विशेष पर्खाइमा रहेको विश्वकप फुटबलको २१ औँ संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ । विश्वकपको उद्घाटन खेलमा अाज लजनिकी रंगशालामा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । पहिलो दिन उद्घाटन खेलमात्र हुनेछ । समूह चरणको अन्य खेल भोलिबाट हुनेछ ।

विश्वकपको अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । त्यसैगरी क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।

 

विश्वकप सुरू हुँदै गर्दा पछिल्लो समय विश्वकप आयोजना हुने रंगशालाको चर्चा चलेको छ  । विश्वकपको लागि रुसले रंगशालाको तयारी कसरी गरिरहेको छ ? रंगशालाको अवस्था कस्तो छ ? दर्शक क्षमता कस्तो छ ? कस्तो प्रविधिमा रंगशालामा बन्दैछ भन्ने कौतूहल आम खेल प्रेमीहरुमा चासोको बिषय बनेको छ ।

यो पटक रुसले विभिन्न १२ वटा रंगशालामा विश्वकप खेलहरु आयोजना गर्दैछ । यो पटक १२ रंगशालामा ३२ राष्ट्रको ६५ खेलहरु संचालन हुँदै छ । विश्वकपका लागि भनेर रुसले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ । अन्य रंगशाला भने पुनर्निर्माण र विस्तार गरिएको छ । – एजेन्सी 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here