नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन माथि हातपात

990

Share
  •  
  •  
  •  

वीरगन्ज ३१ एमाले नेता तथा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी माथि बुधबार राती हातपात भएको छ । वीरगंज १४ गण्डक बहुअरीमा नेता अन्सारी माथि राती हातपात भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार मैनालीले बताए । जितपुरमा उनको गाडीले एक र्आको गाडीलाई ओभरटेक गरि विबाद भए पछी जितपुरबाट वीरगंज तर्फ गाडीमा आइरहेको अवस्थमा केही युवकहरु उनलाई गण्डक चौकमा घेरा हाली हातपात गर्दै कुटपिट गरेका थिए । घटनापछि अस्थायी प्रहरी पोष्ट गण्डकले कुटपिट गर्ने युवकहरुलाई समातेको पनि थियो तर स्थानियको दबाबमा ती युवकहरुलाई गण्डक प्रहरी छाडेर र हाल पर्साका डिएसपी राजन लिम्बुको कमान्डमा टोली परिचालित गरी युवकलाई खोज्ने कार्य भइरहको र दुई जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक कुमार मैनालीले बताए । हातपातबाट घाइते भएका नेता अन्सारी सकुशल रहेको स्रोतले जनाएको छ । नेता अन्सारी पछिल्लो स्थानिय तहको चुनावमा वीरगंज महानगरको मेयर पदमा चुनाव लडी पराजित भएका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here