वीरगंजका चिकित्सकहरूले बिरामीलाई ठगी रहेको खुलासा

760

Share
  •  
  •  
  •  

वीरगञ्ज ३० जेष्ठ वीरगंजमा रहेका स्वास्थ्य संस्था र त्यसमा कार्यरत चिकित्सकहरूले झुन्ड्याउने साइनबोर्ड पनि मेडिकल काउन्सिलले तोकेसरह छैन । काउन्सिलले साइनबोर्डको हकमा पनि मापदण्ड बनाएको नेपाल मेडिकल एसोसिएशन, पर्साका अध्यक्ष्F डा. अग्रवालले बताए । उनले वीरगंजमा देखिएको साइनबोर्डको हकमा मापदण्डविपरीत रहेको पुष्टि गरेका छन् ।
डा. अग्रवालले सबै स्वास्थ्य संस्था र चिकित्सकहरूलाई काउन्सिलले तोकेको मापदण्ड अनुसार काम गर्न आग्रह गरेका छन् । वीण्रगंजमा कार्यरत अधिकांश चिकित्सकहरूले भूmटा विवरण प्रस्तुत गरेर बिरामीहरूलाई ठगी गरिरहेको पाइएको छ । नेपाल काउन्सिलले जारी गरेको निर्देशिका अनुसार खास विषयमा एबिबिएस गरेर एमडी गरेका चिकित्सकहरूले विशेषज्ञ लेख्न सक्छन् । जुन विषयमा एमडी गरेको हो त्यो विषयमा मात्र विशेषज्ञ लेख्न सकिन्छ । तर वीरगंज महानगरमा रहेका थुप्रै चिकित्सकहरूले सम्बन्धित विषयमा एमडी नगरेरै आपूmलाई विशेषज्ञ दर्जा दिंदै आएको पाइएको छ । यसैगरी वरिष्ठको लागि सरकारले मान पदवी दिएको हुनुपर्छ । नेपाल मेडिकल काउन्सिल नारायणी वीरगंजका अध्यक्ष्F डा. जगदीशप्रसाद अग्रवालले सरकारले वरिष्ठको उपाधि दिने र अन्यको हकमा अध्ययन अनुसारको पद लेख्नुपर्ने बताए । उनले यसको अनुगमन नियमन गर्ने संस्था मेडिकल काउन्सिल भएको बताए । मेडिकल एसोसिएशन, नारायणी वीरगंजमा ३५० जना चिकित्सक आबद्ध छन् ।
वीरगंजमा चिकित्सकहरूको भीडभाड हुने स्थान मकालुदेखि नाउक्ष्Fे अस्पतालसम्मको क्ष्Fेत्रमा रहेका चिकित्सकहरूको साइनबोर्ड हेर्ने हो भने धेरैजसोले आपूmलाई विभिन्न रोगको विशेषज्ञ, वरिष्ठ चिकित्सकको दर्जा दिएर साइनबोर्ड झुन्ड्याउने गरेको पाइन्छ ।
वीरगंजकै अन्य ठाउँमा पनि चिकित्सकहरूको साइनबोर्डमा यसै प्रकारको पदवीहरू राखेको पाइन्छ । कतिपय चिकित्सकहरूले एकदेखि ६ महिना तालिम लिएको आधारमा मात्र ‘वरिष्ठ‘ र ‘विशेषज्ञ’ लेख्ने गरेका छन् ।
खासगरी छाती, मुटु र पेटको सन्दर्भमा विशेषज्ञ लेख्ने अधिकार डास्टर अफ मास्टर (डिएम) लाई मात्र छ । तर यसमा पनि एमडी गरेकाहरूले आपूmलाई विशेषज्ञ भनेर लेख्ने गरेको पाइएको छ । वीरगंजको सन्दर्भमा डा. अरुणकुमार कर्ण एकमात्र मुटुरोग विशेषज्ञ हुन् । उनी हालै गङ्गालाल हृदय उपचार केन्द्रबाट डिएम गरेर आएका हुन् । उनीबाहेक वीरगंजमा थुप्रैले आपूmलाई मुटुरोग विशेषज्ञ भनेर साइनबोर्ड झुन्ड्याएको पाइन्छ ।
कतिपय चिकित्सकहरूले एमबिबिएस गरेको आधारमा मात्रै पनि ‘वरिष्ठ’ र ‘विशेषज्ञ’को दर्जा दिएर सोही अनुरूप साइनबोर्ड झुन्ड्याएका छन् । लामो समयदेखि यस प्रकारको विकृति वीरगंजमा मौलाउँदा पनि मेडिकल काउन्सिल चुप लागेर बसेको छ । यसको अलावा जिल्ला प्रहरी कार्यालयले यसको अनुगमन गर्नुपर्ने हो । यस्तो कार्य ठगी अन्तर्गत पर्दछ र ठगी मुद्दा हेर्ने अधिकार जिल्ला प्रहरीलाई छ । प्रहरीले यस प्रकारको लापरवाहीविरुद्ध नजानेर वा जानेर नै पनि कुनै कारबाई गरेको अहिलेसम्म जानकारीमा आएको छैन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here