×

वीरगन्ज २९ जेठ पर्सा जिल्लामा रहेका स्वास्थ्यचौकीहरूको अवस्था एकदमै नाजुक छ । स्थानीय तह गठनपछि स्वास्थ्यचौकीहरूको स्तरोन्नतिका लागि सम्बन्धित गापा, नपा र महानगरमा माग गरिए पनि सोको सुनुवाइ नहुँदा चौकीहरूको अवस्था झनै बिग्रिएको छ । पूर्व गाविसहरूमा रहेका स्वास्थ्यचौकीहरूमा अहिले स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट गरी ५–६ जना कर्मचारीहरू छन् । तर उनीहरूलाई काम गर्ने कोठा भने कतै एउटा र कतै दुईटा मात्र छ । एउटा कोठामा चौकीको सामानहरू राख्ने, बिरामी चेक गर्ने जस्ता काम गर्दा समस्या हुने गरेको छ । स्वास्थ्य चौकीमा आउने बिरामीहरूमा पुरुष र महिलाको चेकजाँच गर्दा एकपक्षलाई बाहिर राख्नुपर्ने अवस्था अहिले पनि कायमै छ । चौकीको स्तरोन्नति नहुँदा त्यहाँ जाने सेवाग्राहीहरूलाई पोखरिया र वीरगंज पठाइन्छ । स्वास्थ्यचौकी शिवबर्वाका प्रमुख शर्मिला मल्लले महिला आउँदा पुरुषलाई र पुरुष आउँदा महिलालाई बाहिर निकालेर चेकजाँच गर्नुपरिरहेको बताइन् ।

स्वास्थ्यचौकी सञ्चालनको लागि कम्तीमा ३ कोठा आवश्यक रहेको उनको भनाइ छ । एउटै कोठामा स्टोर

रहेको र त्यहीं बिरामी जाँच गर्दा आशाप्रदरूपमा सेवाप्रवाह गर्न नसकेको उनले स्वीकारिन् ।

Back to top