×

वीरगन्ज २९ जेठ पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण बारा पर्साको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ ।

अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयहरु अहिले बन्द गरिएको छ ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ भने बारा पर्साको सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । गर्मी बढेसँगै वीरगन्ज नरायणी उप क्षेत्रिय अस्पतालमा बिरामीको संख्या समेत बढ्दै गएको डा.मनोज गुज्ताले बताएका छन ।

Back to top