×

वीरगंज, जेष्ठ २६ - वीरगंज महानगरपालिकाकाको वडा नम्बर १७ अलौं खुल्ला दिसामुखत वडा घोषणा भएको छ । अलौं स्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रम विच नगर प्रमुक विजय कुमार सरावगीले वडा नं. १७लाई घोषणा पत्र पढ्दै महानगरकै २३ औं खुल्ला दिसामुक्त वडा घोषणा गर्नु भएको हो ।

खुल्ला दिसामुक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले वडालाई खुल्ला दिसामुख्त घोषणा गर्नु महानगरपालिकाको आवश्यकता मात्रै नभई स्वास्थ्य र सभ्य समाजको दृष्टिकोणले यस वडामा बस्ने हरेक वडावासीको आवश्यकता रहेको बताउनु भयो । उहाँले आफ्नो गाउँठाउँलाई खुल्ला दिसामुक्त गरि सफा राख्न हामि सबैको कर्तव्य भएको बताउदै खुल्ला दिसामुक्त भए पछि खुल्ला ठाउँमा दिसा गर्न जाँदा अशुरक्षाको सिकार हुने गरेका हाम्रा छोरी चेलीहरु पनि अब शुरक्षित समेत भएको बताउनु भयो ।

नगर प्रमुख सरावगीले वडालाइ खुल्ला दिसामुक्त घोषणा गराउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिंदै अब सबैले मिलेर यसलाई निरन्तरता दिन पनि सहयोग गर्न अनुरोध गर्नु भएको थियो । उहाँले वीरगंज महानगरपालिकाका बाकि रहेको वडाहरुलाई पनि छिट्टै खुल्ला दिसामुक्त घोषणा गरि पुरै महानगरलाई नमुना महानगरको रुपमा स्थापित गरिने जानकारी दिनु भयो ।

वीरगंज महानगरपालिकामा गाभिएका नयाँ ग्रामिण वडाहरुलाई विशेष प्राथमिकता दीइएको जानकारी गराउदै मेयर सरावगीले महानगरका विकास निर्माणका लागि विकसित वडाहरुमा यस आर्थिक वर्षमा रु. ३५ लाख, अर्ध विकसित वडाहरुमा ५० लाख र अविकसित वडाहरुमा रु. ६० लाख विनियोजन गरिएको जानकारी गराउनु भएको थियो ।

उहाँले निर्वाचन बिति सकेकोले अब आफु पार्टीको प्रतिनिधि नभई जनताको प्रतिनिधि भएको बताउदै सबैलाई नगरको उदारणीय विकासका लागि पार्टीको हित भन्दा माथि उठी काम गर्न आवश्यक रहेको बताउनु भयो । 'निर्वाचन सकिसकेको छ, अब म पार्टीको प्रतिनिधि नभएर जनताको मेयर भएको छु, जनताको हित र नगरको विकासको लागि काम गर्नु मेरो पहिलो प्राथमिकता रहने छ, नगर प्रमुख सरावगीले भने, 'त्यसैले म सबैलाई पार्टीको हित भन्दा माथि उठी काम गर्न अनुरोध गर्न चाहन्छु, विकासको काममा सबै पार्टीका व्यक्तिहरुको सहयोग र समन्यवको आवश्यकता छ ।'

वडा खुल्ला दिसामुक्त भए पनि अब खुल्ला ठाउँमा दिसा गर्ने व्यक्तिलाई जरिवाना लगाइने बताउदै नगर प्रमुख सरावगीले अलौंमा देखिएको चर्पी सफा गर्ने समस्याको समाधान आफुले छिटै गरिने बताउनु भएको थियो । उहाँले अलौंमा छिट्टै एउटा पशु बजारको स्थापना गरिने जानकारी समेत दिनु भएको थियो ।

वडा अध्यक्ष सुखरानी देवीको सभापतित्वमा सम्पन्न आजको कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल वीरगंज महानगरपालिका नगरसमितिका अध्यक्ष मुकेश द्विवेदी, युवा नेता नासिर खान, स्थानीय नेता विरेन्द्र यादव, नेपाल रेडक्रस सोसाईटीका पर्सा शाखाका अध्यक्ष फुलमोहम्मद मियाँ, एनजीओसीसीका जिल्ला अध्यक्ष इब्राहिम देवान, वीरगंज माहानगरपालिकाका इनिजिनियर सुनिल कर्ण, युएन ह्याबिट्याटका जिल्ला संयोजक सरोज चौरसियालगायतको उपस्थिति रहेको थियो ।

Back to top