×

वीरगञ्ज २५ जेष्ठ पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित ओडार खोलामा गैर कानूनी रुपमा गिटटी र बालुवाको उत्खनन् भइरहेको छ ।

पर्सामा निर्माणधिन हुलाकी सडकको ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले ओडार खोलबाट गैर कानुनी रुपमा गिटटी र बालुवाको उत्खनन् गरिरहेको हो । हुलाकी सडक अन्तर्गत पर्साको जीराभवानी गााउपालिाकाको सेढवा देखि ठोरी गाउपालिाकाको चौतारा सम्मको ३० किलो मिटर सडक कालो पत्रे गर्ने ठेक्का लिएको बानिया निर्माण सेवा कम्पनीले जिल्ला समन्वय समितिबाट अनुमति नै नलिइ ओडार खोलामा दुइ वटा स्काभेटर प्रयोग गरेर बालुवा र गिटटी उत्खनन् गरि टिपरमा लोड गरेर ब्रम्हनगरमा लगेर भण्डारण गर्दै आएको छ । गत शनिवार देखि बानिया निर्माण सेवा कम्पनीले ओडार खोलाबाट दिनहु करिब दुइ सय टिपर गिटटी बालुवा उत्खनन् गर्दै आएको स्थानीयले बताएका छन् ।जिल्ला समन्वय समितिले ठेक्का नै नलगाएको ओडार खोलाबाट हुलाकी सडक निर्माणको ठेक्का लिएको ठेकेदारले स्काभेटरले उत्खनन् गरि दिनहु करिब दुइ सय टिपर गिटटी बालुवा ओसार्दै आएको भएपनि स्थानीय प्रशासन र ओडारमै रहेको प्रहरी चौकीले समेत कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन् । तर पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने ओडार खोलाबाट गैर कानूनी रुपमा गिटटी बालुवाको उत्खनन् र ओसार पसार भइरहेको विषयमा आफुलाइ अहिले सम्म कुनै जानकारी नभएको बताए । उनले यस बारेमा सत्य तथ्य बुझनका लागि आफुले पर्साका जिल्ला समन्वय समितिका अध्यक्ष नेक महम्मद अन्सारी र जिल्ला समन्वय अधिकारी निश्चलराज पाण्डेलाइ आग्रह गरेको बताए । नदीजन्य पर्दाथको दोहनमा मेशीनको प्रयोग बर्जित गरिएको छ । तर आइइइ गर्दा तोकिएको परिमाण भन्दा बढी अनधिकृत रुपमा गिट्टी बालुवाको उत्खखन हुदा समेत सुशासनको प्रत्याभूतीकालागि भन्दै राज्यबाट सेवा र सुविधा खाने प्रशासकहरु भने चुप चाप भएका छन । राज्यले दिएको सुविधा भन्दा ठेकेदारले दिएको सुविधा आकर्षक भएर यस्तो भएको भन्ने बुझाई स्थानीय नागरिकमा रहेको छ ।

Back to top