अर्थमन्त्रीले सांसदहरुको अपमान गरे : सांसद यादव

896

Share
  •  
  •  
  •  

काठमाडौँ, जेष्ठ १८ – संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रमको संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले कडा आलोचना गरेका छन ।

शुक्रबार व्यवस्थापिका संसदमा बोल्दै सांसद यादवले अर्थमन्त्री डा. युवराज खतिवडा जनताको प्रतिनिधि नभएको भन्दै रोष्ट्रमबाटै व्यङ्ग्य गरेका थिए । “हामी जनताबाट निर्वाचित सांसद हौँ, टीके प्रथाबाट आएको हैन, कसैको आशीर्वादबाट भएको हैन”, फोरम सांसद प्रदीप यादवले बजेटमाथि छलफलमा भाग लिँदै भने, “अर्थमन्त्रीले वडाध्यक्षसमेत अहिलेसम्म जित्नुभएको छैन। त्यसकारण उहाँले हाम्रो अपमान गरिरहनुभएको छ।”

सांसद विकास कोष अन्तर्गत चार करोड रुपैयाँ बजेट विनियोजन गरेर सांसदहरुलाई दान दिएको जस्तो गरेकोमा उनले आक्रोश पोखेका थिए। “तपाईँ जनताको प्रतिनिधि हैन। जनताको प्रतिनिधि भए यसरी अपमान गर्ने हिम्मत पनि गर्नु हुने थिएन”, उनले भने।

“त्यो पैसा तपाईँ राख्नुस् ,जे जे बनाउनु छ बनाउनुस्” उनले आक्रोशित हुँदै भने, “बच्चा रुँदा ललिपप दिएर फकाए जस्तो गरेको। पैसा हामीलाई चाहिँदैन। मलाई त चाहिएन, चाहिएन, चाहिएन।”

अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाका सदस्य हुन् । उनलाई मन्त्रिपरिषद्ले मनोनीत गरेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here