×

वीरगंज, जेष्ठ १३ - यस सिजनको आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको हो ।

चेन्नईले यसआघ इसान २०१० र २०११ मा आइपिएलको उपाधि जितेको थियो । गत दुई सिजनमा प्रतिबन्ध भोगेर आइपिएलमा यस सिजनमा आएको चेन्नईले १८.३ ओभरमा हैदरावादले दिएको १७९ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको थियो ।

चेन्नईका लागि शेन वाटशनले उत्कृष्ट ब्याटिंग गर्दै यस आइपिएलको दोस्रो शतक हानेका थिए । वाटशनले ५१ बलमा शतक पुरा गर्दै ५७ बलमा ११७ रन बनाएका थिए । वाटशनले आइपिएलको इतिहासमा पहिलो पटक फाइनलमा रन चेसगर्दा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै सुरेश रैनाले ३२ रन बनाएका थिए भने अम्बाती रायडूले १७ रन बनाएका थिए ।

त्यस्तै हैदरावादका बलर सन्दीप शर्मा र ब्राथवेटले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ४७ रन बनाएका थिए भने युसुफ पठानले ४५ रन बनाएका थिए । त्यस्तै शिखर धवनले २६, सकिब अल हसनले २३ र क्रिस ब्राथवेटले २१ रन बनाएका थिए ।

चेन्नईका बलर लुंगी एनगिड़ी, सर्दुल ठाकुर, करण शर्मा, डावेन ब्राभो र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच चेन्नईका शेन वाटशन बनेका थिए ।

Back to top