×

वीरगंज, जेष्ठ,१० - शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ । मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो । ४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ । बाँकी उपसचिव फाजिलमा परेकाले संघ, प्रदेश वा स्थानीय तहमा पठाउने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका पर्साका प्रमुख बरखु प्रसाद रजकको शिक्षा विभागमा सरुवा भएको छ भने उक्का स्थानमा शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका लिलबहादुर राउत क्षेत्री आएका छन् । त्यसैगरि शिक्षा विकास तथा समन्वय इकाइका बाराका प्रमुख लालबाबु प्रसाद साहको सरुवा पनि शिक्षा विभागमा भएको छ । साहका स्थानमा पूर्णबहादुर अछामी आएका छन् ।

सरुवामा को कहाँ परे?

Back to top