×

वीरगंज, जेठ १०

वीरगंज महानगरपालिका वडा नं। २३ को ईटियाही टोलमा आज सडक ढलानको शिलान्यास गरिएको छ । १० लाखको लागतमा निर्माण हुन लागेको सडकको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले शिलान्यास गर्नुभएको थियो । सडक निर्माणले ईटियाहीका दर्जनौ परिवार लाभन्वित हुने वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । सय मिटर लामो र ९ मिटर चौडा सडक ढलान हुन लागेका उपभोक्ता समितीका अध्यक्ष मनोज यादवले जानकारी दिनुभयो ।नेकपाका वडा अध्यक्ष एवं जननिर्वाचित सदस्य लालबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य फुलबचनी देवी पासवान, रामप्रसाद साह, नेकपाका नेता अमल यादव, भुलन सहनी,बिरेन्द्र यादव, राजेन्द्र कुशवाहा ,उपभोक्ता समितीका कोषाध्यक्ष सुष्मा देवी, सचिव संजय यादव लगायतको सहभागिता रहेको थियो ।

Back to top