×

वीरगंज, जेष्ठ ८ - पर्साको पकहा मैनपुर गाउँपालिकामा कृषि बजार सेढको उदघाटन भएको छ । पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य (सांसद) हरिनारायणी रौनियारले बजार सेढको आज (मंगलबार) एक कार्यक्रम विच उदघातन गर्नु भएको हो ।

कृषि बजारलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सेढको उदघाटन गर्दै सांसद रौनियारले मधेसको विकासका लागि सबै मिल्नुको विकल्प नरहेको बताएका थिए ।

पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाको अध्यक्षतामा समपन्न उदघाटन कार्यक्रममा सांसद रौनियारले गाउँपालिकाको सम्पूर्ण विकासका लागि विकास निर्माणको कार्यलाई तीव्रता दिन आवश्यक रहेको बताएका थिए ।

कृषि बजार सेढ गाउँपालिकाको वडा नं. २ सुरजहाको मधुवनीमा निर्माण गर्न लागिएको छ । अव्यवस्थित बजारलाई व्यवस्थित गर्न बजार सेढ निर्माण गर्न लागिएको अध्यक्ष चौरसिया जानकारी दिए ।

Back to top