×

वीरगन्ज जेष्ठ,०४, पर्सा प्रहरीले हतियार सहित एक पक्राउ गरेका छन् । वीरगन्जको ईनर्वा नाकाबाट एक भारतीय युवकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । भारतको रक्सौल कौडीहार घर भएका ३० वर्षीय अभिरंजन साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्याग्जिन एक थान र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धानको विशेष टोली र प्रहरी चौकी इनर्वाको टोलीले रक्सौलबाट वीरगन्ज प्रवेश गर्दै गरेका भारतीय युवालाई पेस्तोलसहित पक्राउ गरेको हो । रक्सौलबाट वीरगन्ज तर्फ आउँदै गरेको साह सवार वी आर ०५ एम ९२५४ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा पेस्तोल र गोली बरामद भएको हो। पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

Back to top