×

वीरगंज, जेष्ठ ४ - जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट बञ्चीत गराएको प्रति संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले आज सांसदमा घोर आप्ती जनाउदै नागरिकता प्रदान गर्न माग गरेका छन् ।

नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट बञ्चीत भईरहेको प्रति दुःख व्यक्त गर्दै सासद यादवले संविधानमा भएको व्यवस्था अनुसार जन्मसिद्धका सन्तानलाई वंशज सरह नागरिकता दिनुपर्ने धारण व्यक्त गरेका थिए ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष सत्रमा बौल्दै सांसद यदवले भने संविधानको धारा ११ (३) मा स्पष्ट भनेको छ, यो संविधान प्रारम्भ हुनु भन्दा अघि जन्मको अधारमा नेपालको नागरिकता प्राप्त नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेका छन् भने बालिक भएपछि वंशजको अधारमा नेपालको नागरिकता प्राप्त गर्ने छन् भनि व्यवस्था हुदाँ हुदै पनी प्रमुख जिल्ला अधिकारीले दुःख दिने गरेको बताएका थिए ।

‘संविधान जारी गरेको साढे २ वर्ष हुनै लाग्दाँ नेपालको संविधान धारा ३०४ मा यो संविधान प्रारम्भ हुदाँको वक्त कायम रहेको नेपालको कानुन खारिज वा संशोधन नभएसम्म लागु रहनेछ भनि स्पष्ट व्यवस्था गरेको छ । तर प्रमुख जिल्ला अधिकारीहरुले अनेक बहाना गरि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिरहेका छैन्’ सांसद यादवले भने, ‘यस कारण यो सरकारलाई सभामुख मार्फत जानकारी गराउदै सरकारले अविलम्ब नागरिकता दिनुपर्ने व्यवस्था गरोस् ।’

देशको गणतन्त्र र लोकतन्त्रको मन्दिरका रुपमा रहेका यो सम्मानित सदन देशको जनताका निम्त बनेका हुन् तर सदनबाट नै जनताका माग सम्बोधन नहुनु दुर्भाग्य पुर्ण रहेको समेत उनले आरोप लगाएका थिए ।

उनले उच्च अध्ययनका लागी नागरिकताकै समस्याका कारण विदेशमा अध्ययन वा काम गर्नबाट समेत बञ्चीत भईरहेको प्रति दुःख व्यक्त गरेका थिए । सांसदको विशेष सत्रमा बोल्दै सांसद यादवले नागरिकताबाट बञ्चीत गराएकै कारण एउटा सिमकार्ड, सवारी चालक अनुमति पत्र वा बैंक मै खाता खोल्न समेत पाउन नसकेकाले सरकारले अविलम्ब नागरिकताबाट बञ्चीत गराएकालाई नागरिकताको व्यवस्था गर्न सभामुख मार्फत नेपाल सरकार समक्ष माग गरेका थिए ।
Back to top