×

पोखरिया, जेष्ठ ४ - पर्सामा दुई दलित परिवारका बालबालिकाहरुलाई विद्यालय बर्हन गराईएको छ । पर्साको पोखरिया नगरपालिका वडा नं. ४ बस्ने मदन डुम र चोकट डुमका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइएको हो ।

बाबालिकाहरुलाई हेल्प मधेस फाउन्डेसनले विद्यालय भर्ना गराएको हो । पोखरियाबाट रेडियो पत्रकारितामा आवद्ध दिनानाथ साहले उक्त परिवारका बालबालिकाहरुको बारेमा आफ्नो सामाजिक संजालमा लेखे पछि हेल्प मधेश फाउन्डेसनले विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गराएको हो ।

फाउन्डेसनले बालबालिकाहरुको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च र विद्यालय जान लाग्ने ड्रेस समेतको व्यवस्था गर्ने फाउन्डेसनका अध्यक्ष भवान दास तत्वाले बताए ।

फाउन्डेसनले पोखरियामा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Back to top