चेकजाच फितलो भएको कारण जङ्गली जनावरको बच्चाहरुको तस्करी

87

Share
  •  
  •  
  •  

विरगंज जेष्ठ,०४ पर्साको खुल्ला सिमाना बाट जनावरको बेचिर्दै । पर्साको ग्रामिण क्षेत्रहरुमा अहिले बयापक रुपमा जङगली जनावरको बच्चाको किनबेच भैरहेको छ ।
ग्रमिण भेगमा पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनसंग सिमा जोडिएको गाउँ निर्मलबस्ती, सुवर्णपुर, महादेवपट्टि, सङ्करसरैया, गादी, बिरुवागुठी लगायतका साबिकको गाविसहरुमा जङ्गली जनावर बदेल, चितल, खरायो लगायतको बच्चा किनबेच भईरहेको स्थानियले जनाएका छन् । गाँऊका धनडेघरका घरको सुन्दरताका लागी जङ्गली जनावरको बच्चा किन्ने गरेका छन् ।राष्ट्रिय वन तथा निकुञ्जमा प्रवेश स्थानीय यूवाहरुले पासो लगाई जङ्गली जनावरको बच्चालाई नियन्त्रणमा लिएर बेच्ने गरेको स्थानियले जनाए । सिमावर्ति गाँउहरुमा ल्याई तिनिहरुले प्रति बदेलको बच्चा २५ सयदेखि ५ हजार, चितलको ५ सयदेखी ७ सय सम्म र खरायोको ५ सय रुपैयामा प्रति गोटा बेच्ने गरेको एक स्थानीय सन्दीप तमाङ्ले बताए ।यसरी बेचिएका बच्चाहरु भारत लगायत पर्साको विभिन्न ठाउँहरुमा प्रहरी चौकी भएकै बाटो भएर लगिएपनी चेकजाच फितलो भएको कारण जङ्गली जनावरको बच्चाहरुको तस्करी बढेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here