×

वीरगन्ज, ४ जेष्ठ । वीरगन्ज महानगरपालिको वडा नम्बर २७ जसौलीमा आगलागीभई चार घर जलेर नष्ट भएको छ । स्थानीय बद्री दासको घरबाट सल्केको आगों चार घर जलेको हो ।

बिहिबार राति ११ बजे भएको आगलागीबाट घरमा रहेको लत्ता कपडा, अन्नपात, गरगहना, नगद तथा कागजपत्र सहित झण्डै तीन लाख ३० हजार बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएपछि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा भएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

Back to top