कर्नाटकमा बीजेपीलाई झट्का स् भोलि सदनमा बहुमत सिद्ध गर्न सर्वोच्चको आदेश

223

Share
  •  
  •  
  •  

जेठ ४ – भारतको सर्वोच्च अदालतले शनिबार बेलुका ४ बजे कर्नाटकमा भारतीय जनता पार्टी९बीजेपी० सरकारलाई सदनमा बहुमत सावित गर्न आदेश दिएको छ ।

कर्नाटक विधानसभामा कसैले पनि बहुमत प्राप्त नगरेपछि राज्यपालले बीजेपीलाई सरकार बनाउन निम्तो दिएका थिए । १०४ सिटमा जित हात पारेको बीजेपीका तर्फबाट बीएस येदियुरप्पाले सपथ लिइसकेका छन् ।

कर्नाटकका २२४ सिटमध्ये २२२ सिटमा चुनाव भएको थियो । कांग्रेसले ७८ तथा जनता दल सेक्युलर९जेडीएस० ले ३७ सिटमा जित हात पारेको छ । ३७ सिटमा जित हात पारेको जेडीएसलाई कांग्रेसले सरकार बनाउन समर्थन गरेको छ । राज्यपालको निम्ताअनुसार बीजेपीले सरकार बनाएपछि कांग्रेस र जेडीएस अदालतको ढोका ढकढकाउन पुगेको थियो । सर्वोच्च अदालतले येदियुरप्पाको सपथमा रोक तथा लगाएन तर सुनुवाई जारी राख्ने फैसला गर्यो ।

शुक्रबार सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउँदै शनिबार चार बजेसम्म येदियुरप्पालाई बहमत सिद्ध गनुपर्ने हुन्छ । अब येदियुरप्पाले भोलि १११ सांसदको समर्थन जुटाए मात्रै मुख्यमन्त्रीको कुर्सी जोगाउन सक्नेछन् ।

जेडीएस नेता एचडी कुमारस्वामी दुई ठाउँबाट निर्वाचित भएकाले उनले एक ठाउँ छोड्नुपर्ने हुन्छ । त्यसैले बहुमतका लागि १११ सिट आवश्यक हुन्छ । जेडीएसले भने आफूसँग कांग्रेस र अन्य दलको समर्थनसमेत गरी ११७ सांसदको समर्थन रहेको बताएको छ ।

शुक्रबार बेलुका फ्लोर क्रस भएन भने जेडीएसका नेता एचडी कुमारस्वामीले बहुमत सदस्यको समर्थन पाउने निश्चितजस्तै छ । त्यस्तोमा येदियुरप्पा मात्रै तीन दिनका लागि कर्नाटकको मुख्यमन्त्री हुनेछन् । साथै कांग्रेस र जेडीएसले बीजेपीले आफ्ना सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप पनि लगाउँदै आएका छन्


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here