दुई घर आगलागी हुँदा तीन भैँसी मरेका छन्

103

Share
  •  
  •  
  •  

बारा जेठ ३, महागढीमाई नगरपालिकास्थित बारियापुर सेमरा टोलमा आगलागी हुँदा दुई घर जलेका छन्। स्थानीय सोखु गिरी र रामनिवाश गिरीको गोठमा बिहीबार बिहान ४ बजे आगलागी हुँदा तीन भैँसी मरेका छन्। स्थानीय बासिन्दा र कलैया उपमहानगरपालिकाको वारुण यन्त्रले आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए। वडा सदस्य लक्ष्मी गिरीका अनुसार आगलागीका कारण छ लाख रुपैयाँ बराबरको सामान र चौपाया जलेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here