×

भैरहवा जेठ ३, गोली प्रहारबाट घाइत धवलको मृत्यु भएको छ । बुधबार साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका( ५ स्थित मणिग्राम क्षेत्रमा गोली प्रहारबाट घाइते भएका रुपन्देही कोटहीमाई गाउँपालिका(४ (मर्चवार) का ४१ वर्षीय रामकेश धवलको मृत्यु भएको छ

।भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारको क्रममा धवलको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारयण पाण्डेले जानकारी दिए।

अनुसन्धान सुरु गरेको प्रहरीले घटनामा धवलकै छोराको संग्लनता हुनसक्ने आशंका गरेको छ।गोली प्रहार भएको बुधबार दिउँसो छोरा सन्दिप धवलले बुवासँग झैझगडा गरेको र हाल सम्पर्क्बिहीन समेत रहेको डिएसपी पाण्डेले बताए । बुधबार साँझ रोटी पकाउने बेलामा रातो रंगको मोटरसाइकल आएका अपरिचित व्यक्तिले पछाडीबाट उनलाई गोली प्रहार गरेका थिए।गोली उनको कम्मरमा लागेको थियो। मृतक धवल मजदुर हुन्।घर निर्माणको लागि उनी मर्चवारबाट मणिग्राम आएका थिए।

Back to top