×

वीरगंज, जेष्ठ २ - वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले गत वर्ष भएको अविरल वर्षका कारण आएको बाढिबाट घर गुमाएका तिन परिवारलाई नगद सहयोग प्रदान गर्नु भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. २४ बगहीमा बुधबार आयोजित जनता-मेयर-आमने-सामने कार्यक्रममा मेयर सरवागीले तिन बढि पिडित परिवारलाई ग्लोबल सेपर्स हव काठमाडौँको सहयोग र व्यक्तिगत श्रोतबाट उपलब्ध गराई गृह निर्माणका लागि प्रत्येक परिवारलाई ३३ हजार रुपैया नगद हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमुख सरावगीले बगहीका सिताराम सहनी, चुन्नी यादव र रामप्रित ठाकुरलाई गृह निर्माण गर्न ३३ हजारको दरले नगद हस्तान्तरण गर्नु भएको छ । प्रत्येक परिवारलाई ग्लोबल सेपर्स हव काठमाडौँले प्रदान गरेको रु. १७ हजार र बाकि १६ हजार व्यक्तिगत श्रोतबाट उपलब्ध गराई मेयर सरावगीले हस्तान्तरण गरिएको बताए ।

Back to top