×

वीरगंज, जेष्ठ २ - वीरगंज महानगरपालिकाले जनतालाई जनप्रतिनिधि संग प्रत्यक्ष भेटघाट गराउने उद्देश्यले सुरु गरेको जनता-मेयर-आमने-सामने कार्यक्रमको तेश्रो शृंखला बुधबार वीरगंज महानगरपालिकाको वडा नं. २८ बगहीमा सम्पन्न गरेको छ ।

बगही स्थित बर्थिंग सेन्टरमा बुधबार आयोजित जनता-मेयर-आमने सामने कार्यक्रममा बोल्दै नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले नगर विकासको कार्यलाई महानगरको विकास निर्माणका कार्यहरु तीव्रता साथ् अगाडि बढि रहेको बताउनु भएको थियो । उहाँले शिक्षा र स्वास्थ्यका आफ्नो प्रमुख प्राथमिकता भएको बताउदै आगामी आर्थिक वर्षमा यसकालागि विशेष बजेट ल्याउने घोषणा समेत गर्नु भएको थियो ।

मेयर सरावगीले आफ्नो छोरीलाई अनिवार्य रुपले विद्यालयमा भर्ना गर्नु पर्ने बताउदै त्यस्तो नगर्ने अभिभावकलाई कारवाही गर्दै महानगरपालिकाबाट उपलब्ध गराइने सम्पूर्ण सेवा सुविधाहरुबाट वञ्चित गराइने समेत बताउनु भएको थियो ।

त्यसैगरी मेयर सरावगीले बेरोजगारीको समस्यालाई समाधान गर्न छिट्टै नगरका विभिन्न स्थानहरुमा रोजगारी सृजना गर्ने परियोजनाहरु संचालन गरिने बताउनु भयो साथै उहाँले बगही नजिकै रहेको बौगी खोला र त्यहा रहेको ऐलानी जग्गालाई व्यवस्थापन गरि मंरनाजनात्मक चिल्ड्रेन पार्क निर्माणको गर्ने समेत बताउनु भएको थियो ।

जनता-मेयर-आमने-सामने कार्यक्रममा बगहीवासीहरुले बर्थिंग सेन्टरमा राखिएको एक्रे मसिन संचालन सम्बन्धि राखेको सुझावको वारेममा स्पष्ट गर्दै मेयर सरवागीले एक महिना भित्र एक्रे मसिन प्राविधिकको व्यवस्थापन गरि अस्पताललाई पूर्णरुपमा संचालन गर्ने आस्वाशन व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाले बर्थिंग सेन्टरको लागि उपलब्ध गराएको एम्बुलेन्सको साँचो वडा अध्यक्ष गिर्जा देवी कुर्मिनीलाई हस्तान्तरण गर्दै व्यवस्थित रुपमा एम्बुलेन्स संचालन गर्न वडावासीलाई मेयर सरवागीले अनुरोध समेत गर्नु भएको थियो । कार्यक्रम पश्चात बगहीमा रहेको बर्थिंग सेन्टर निरीक्षण गर्नुका साथै सेन्टरको प्रमुख चिकिस्तक अनामिका सिंह संग अस्पतालको बारेमा जानकारी लिंदै अस्पताललाई थप व्यवस्थित रुपमा संचालन गर्नको लागि चाहिने जनशक्ति तथा आवश्यक पूर्वाधारहरुको बारेमा छलफल गर्नु भएको थियो । यसैगरि बगहीमा रहेको श्री महानन्द प्रसाद माध्यमिक विद्यालय बगहीको निरीक्षण गर्दै अध्यनरत छात्र-छात्राहरु संग विद्यालय संचालन र आवश्यक सुविधाहरुको बारेमा छलफल समेत गर्नु भएको थियो ।

वडा नं. २८ को वडा अध्यक्ष गिर्जा देवी कुर्मिनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका प्रबक्ता राम नरेश यादव, नगर प्रमुखका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, फोरम नेपालका स्थानीय नेता जयनारायण सिंह कुर्मी, वरिष्ठ अधिकृति सुमन श्रेष्ठ, कार्यपालिका सदस्य शुसिल साह कानु, युवा नेता नासिर खान, संघीय प्रेस फोरम पर्साका सल्लहाकार धुर्व साह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमलाइ फोरम नेपालका युवा नेता तब्रेज अहमदले संचालन गरेका थिए ।

Back to top