×

वीरगंज, जेष्ठ १ - वीरगंज महानगपालीकाले संचालन गरेको विद्यालय भर्ना कार्यक्रम अन्तर्गत दलित वालवालिकाहरुलाइ शैक्षिक सामग्री प्रदान गरिएको छ ।वीरगंज महानगपालीकाको वडा नम्बर २४ रामगढवामा रहेको श्री शारदा उच्च माध्यमिक विद्यालय बहुअरी सुगौलिमा अध्यनरत डुम जातिका वालवालिकाहरुलाइ शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विद्यालयमा मगंलवार बिहान आयोजीत कार्यक्रममा श्रीसिया टोलका दुइ दर्जन डोम जातिका वालवालिकाहरुलाइ नगर प्रमुख सरावगीले शैक्षिक सामग्री प्रदान गर्नभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले राज्यबाट पछाडि पारीएको मधेसको उथ्थानको लागी शिक्षा र स्वाथ्यमा व्यापक सुधारको आवश्कता रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँले विद्यालय वाहिर रहेका वालवालिकाहरुलाइ शिक्षा प्रदानको लागी महानगरपालीकाले संचालन गरेको विशेष भर्ना अभियान कार्यक्रमलाइ सफल बनाउन बनाउन सबै वडावासि समेतको पुर्ण दायीत्व रहेको बताउनु भयो । नगर प्रमुख सरावगीले विभिन्न कारणबस समाजवाट पछाडि पारिएका दलित तथा जनजातीका वालवालिकाहरुलाइ शिक्षामालागने आवश्क रकम सबै महानगपालीकाले आर्थिक सहयोगको रुपमा प्रदान गरिने व्यवस्था महानगरपालीकाले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

उहाले विद्यालयहरुमा रहेको विकृतीहरुलाइ पुर्णरुपमा निरुत्साहित गर्नुपर्ने व्यापक आवश्कता रहेको बताउदै ४५ दिन भित्र व्यवस्थापन समिति गठन नभएको बिद्यालयहरुको तलब बाहेको सबै निकासाहरुमा रोक लगाउने बताउनु भएको थियो । अभिभावक समुहका अध्यक्ष गोपिचन्द प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top