×

वीरगंज, जेष्ठ १ - वीरगंज महानगरपालीकाको सुरक्षा र सरसफाइलाइ सुदृढ बनाउन महानगपालीकाले उधोग वाणिज्य संघलाइ १५ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

वीरगंज महानगपालीकामा आयोजित एक कार्यक्रम विच नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालाइ १५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

वीरगंजको सुरक्षा तथा सरसफाइलाइ नियमित अनुगमनको लागी वीरगंज महानगरलाइ सिसि केमराको पुर्ण निगरानीमा राख्ने योजना अनुसार उधोग वाणिज्य संघलाइ महानगपालीकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

वीरगंज महानगरपालीका उधोग वाणिज्य संघ र विभिन्न कारपोरेट तथा औधोगीक घारानाहरुको आर्थिक सहयोगमा क्रमिक रुपमा वीरगंजको सबै ठाउँहरुमा सिसि क्यामेरा जडान गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

Back to top