प्रदेश २ को विकासका लागी प्रधानमन्त्रीलाइ ज्ञापन

1650

Share
  •  
  •  
  •  

वीरगंज, जेष्ठ १ – आगामी आर्थिक बजेटमा प्रदेश नम्बर २ लाइ प्राथमिकतामा राख्न माग गर्दै प्रतिनिधिसभा सदस्यहरुद्धारा बुधबार विहान प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको छ ।

मंगलबार विहान प्रधानमन्त्री निवासमा पुगेका प्रदेश नम्बर २ का सांसदहरुको टोलीले प्रदेश लाइ आगमि बजेट प्राथमिकता दिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

१० जना सांसदहरुले सामुहिक हस्ताक्षर गरि बुझाएको ज्ञापन पत्रमा पर्सा देखी सप्तरी जिल्लाको विकासलाइ गति दिन माग गरिएको छ । प्रदेशको ८ बटै जिल्लाका विभिन्न नदीहरूमा आउने बाढीले हुने जन धनको क्षतीलाई रोकन नदीहरूमा तटबन्ध लगाउने, वीरगंजमा विश्व विद्यालयको स्थापना, ठोरीमा खानेपानीको व्यवस्था, डिप टयुबल निर्माण गर्नैलगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सांसदहरुले प्रधानमन्त्रीलाइ दिएको ज्ञापन पत्रमा नारायणी उप क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालमा परिणत गर्ने, जिर्ण अवस्थामा रहेको नारायणी रगंशामा अन्तर्राष्ट्रिय स्तरको रगंशालामा परिनित गर्ने, पर्सा जिल्लामा कृषि क्षेत्र तथा औधोगीक क्षेत्रको घोषणा , चुरेसंरक्षण तथा नदि नियन्त्रण, वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण लगायतका विषयहरुलाइ आगामि बजेटमा अनिवार्य रुपमा समावेश गर्न माग गरिएको सांसद प्रदिप यादवले जानकारी दिए ।

उनले मगंलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली सगं भएको भेटघाट साकारात्मक छलफल भएको बताए । भेटघाटमा आफु प्रदेश नम्बर २ को विकास प्रति सम्बेदनसिलरहेको बताउदै ज्ञापन पत्रमा मागगरिएको विषयहरुलाइ प्राथमिकतामा आशवाषण समेत व्यक्त गर्नभएको सांसद यादवको भनाइ रहेको थियो ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल, पहाड र तराईका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । “विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन” प्रधानमन्त्री ओलीले भने “विकासका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुँदैन ।”

तराई/मधेशको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीले धारणा राखे । सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउँदै “हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नु पर्दछ ।”

पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको नेतृत्वमा गएको टोलिमा विमल श्रीवास्तव, लक्षमणलाल कर्ण, एक्बाल मियाँ, सुमन प्याखुरेल, लीला श्रेष्ठ, सरला यादव, शर्मिला यादव, रानी मण्डल लगायत रहेका थिए ।l


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here