अपराधी छुटाउन कमल थापा र राजिव पराजुलीले लगाए सम्पुर्ण शक्ती

530

Share
  • 46
  •  
  •  
    46
    Shares

वीरगंज, वैशाख ३१ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा साईबर क्राइमको अपराधमा थुनामा रहेका एक जना कार्यकर्तालाई छुटाउनका लागि सम्पुर्ण शक्ती लगाएर प्रयास गरिरहेका छन् ।

गएको स्थानीय चुनावमा वीरगंज महानगरपालिका वडा नम्बर ३ बाट राप्रपाका वडा अध्यक्षका उम्मेदवार रहेका बमबम भनिने सुशीलकुमार कण्ठ एकसाता देखि साईबर क्राइमको मुद्दमा हनुमानढोकाको कस्टडिमा छन् । उनैलाई छुटाउनका लागि थापा आफ्नो सम्पुर्ण शक्तीका साथ प्रयासमा लागि रहेका छन् ।

वीरगंज भन्सारका क्लियरिङ एजेण्ट मनोज राउत कुर्मीलाई सामाजिक संजाल मार्फत गालि गलौज र बेइजती गरेको तथा उनको परिवारलाई समेत टर्चर दिन सुरु गरेपछि मनोजको उजुरीका आधारमा सुशीलकुमारलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि मनोज र उनको परिवारलाई टर्चर दिने गरि सामाजिक संजालमा बिभिन्न गाली गलौज गर्दै आएका सुशीलकुमार कण्ठलाई प्रहरीले पक्राउ गरेपछि राप्रपाका उपाध्यक्ष राजीव पराजुलीको दबाबमा अध्यक्ष थापाले उनलाई छुटाउनका लागि सवै शक्तीका साथ प्रयासमा लागेको प्रहरी उच्च स्रोतको दाबि छ ।

प्रहरीले सुशीललाई सामाजिक संजालमा जथाभावि नगर्न चेतावनी दिएपछि पनि नगिना यादव र अशोक श्रेष्ठको नामको नक्कली फेसबुक आइडि बनाएर मनोजका विरुद्धका जथाभावि गालीगलौज गर्दै आएका छन् । पराजुलीको वीरगंजमा भएको जग्गाको लगानी सुशीलका नाममा रहेको र गैरकानुनी काम पराजुलीले सुशील मार्फत गर्ने गरेका कारण पनि कमल थापालाई दबाब परेको बताइएको छ । कमल थापाको लगानी समेत पराजुली मार्फत सुशीलका नाममा रहेको बताइएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार वीरगंज लगायतका स्थानमा पराजुलीको लगानीमा सुशीलले काम गरिरहेको तथा थापाको लगानी समेत रहेका कारण राप्रपा अयष थापाले सुशीललाई छुटाउनका लागि प्रहरी प्रशासनमा कचकच गर्दै आएका छन् । सुशील राप्रपाका तर्फबाट स्थानीय चुनावमा वडा अध्यक्षको उम्मेदवार मात्र नभई तत्कालिन राजा ज्ञानेन्द्रको पालामा टिके वडा अध्यक्ष बनेका थिए ।

सुशीलको यो सवै कनेक्सन हेर्दा उनी दरवारीयाहरुको अवैध काम वीरगंजमा बसेर गर्दै आएको र भन्सारका क्लियरिङ एजेण्ट मनोजले उनको अवैध काम नगरेपछि गालिगलौजमा उत्रिएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । मनोज वीरगंज भन्सारका इमान्दार क्लियरिङ एजेण्ट मानिन्छन् । उनी भन्सार विभागबाट तीन पटक उत्कृष्ट क्लियरिङ एजेण्टका रुपमा सम्मानित भइसकेका व्यक्ती हुन् । बिकाश टाईम्स


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here