×

वीरगंज, वैशाख २८ – नेपाल राष्ट्रिय बैंकले प्रदेश सरकारको निर्णयको अवहेलना गर्दै वित्तीय संस्थाहरु खुल्ला राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका दिन प्रदेश नं. २ को सरकारले सार्वजनिक विदा घोषणा गरे नेपाल राष्ट्रिय बैंकले निर्णयको अवहेलना गर्दै वित्तीय संस्थाहरुमा सार्वजनिक विदा गरेको छैन ।

नेपाल राष्ट्र बैंकले जनताको सहज्ताकालागी वित्तीय संस्थाहरु खुल्ला राखेको जनाएको छ । प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नेपाल आउने दिन सार्वजनिक विदा घोषण गरेको थियो तर नेपाल राष्ट्रिय बैंकले कानुनको कमि र प्रदेश सरकार र केन्द्र सरकार विचको सम्पर्क र समन्वयको कमिले विदा दिन नसकिएको बताएको छ ।

प्रदेश सरकारको निर्णयलाई उल्टयाउँदै राष्ट्र वैंक केन्द्रिय कार्यालयले सम्पूर्ण वित्तीय संस्थाहरु खुल्ला राख्ने सर्कुलर जारि गरेको हो । वीरगंज स्थित नेपाल राष्ट्र वैंकको शाखा कार्यालयका एक कर्मचारी अनुसार वित्तीय संस्थाहरु अहिले पनि केन्द्रिय सर्कुलर अनुसार संचालन भएको ले केन्द्रिय कार्यालयको निर्णय मान्दै आफुहरुले सम्पूर्ण वित्तीय संस्थाहरु खुल्ला राखेको बताए ।

Back to top