×

वीरगंज, वैशाख २३ - नेपालमै पहिलो पटक सिगंल व्यारेल माल्ट विस्कीको लन्च गरिएको छ । फिनिक्स डिष्टिलरी प्रालिले नेपालीले नेपालीकै पहिलो सिगंल व्यारेल माल्ट विस्कीको नयाँ विस्की ब्रान्ड ज८९ ‘जेएटिनाइन’ नेपाल बजारमा लन्च गरेको हो ।

वीरगंजको होटल भिस्वमा शुक्रबार एक समारोह विच नेपालकै पहिलो सिगंल व्यारेल माल्ट विस्की जे८९ ‘जेएटिनाइन’ लन्च गरिएको हो । फिनिक्स डिष्टिलरीका प्रबन्ध निर्देशक ज्याग सिंहले विस्कीको स्वाद लिदैं विस्की सार्वजनिक गर्नुभएको थियो ।

विस्कीहरुको स्वादमा एक किसिमको ‘ओक कास्क’ आउने गर्दछ । ‘जेएटिनाइन’ को स्वाद आयरल्याण्डबाट १०८९ सालमा बनेको आइरिस कास्कबाट आएको कम्पनीका प्रबन्ध निर्देशक ज्याग सिंहले बताए ।

‘जेएटिनाइन’ ब्राण्डको लागि यूरोपको विभिन्न देशमा विस्की टेस्ट गर्दै करिब १२० भन्दा बढि प्रकारको स्वाद चाखेपछि यो स्वाद पक्कामा भएको उनले कार्यक्रममा जानकारी गराएका थिए ।

कम्पनीले हाल ७५० मिलिको बोतल र १८० मिलीको क्वाटर बजारमा ल्याएको छ र भविष्यमा थप बोतलहरु ल्याउने योजना रहेको सिंहले बताए । बोतलको २२५० र क्वाटरको ५५८ रुपैयाँ पर्ने छ । भारतमा गत वर्ष भएको लेबलहरुको प्रतिस्पर्धामा जेएटीनाइनले ‘लेबल अफ द ईयर’ अवार्ड पनि जितेकोले ब्रान्ड प्रमोशनमा सहयोग पुग्ने कम्पनीका प्रशासकीय अधिकृत राज शर्मा बताले ।

हेटौडा भन्दा ८ किलोमिटर पुर्वमा रहेको गढि गाउँपालिका वडा नं ६ मा करिब ५५ करोड रुपैयाँको लागतमा जेएटिनाइनको उद्योग स्थापना गरिएको छ । दुई वर्षअघि देखि निर्माण कार्य शुरु गरिएको उद्योग लगाउन कम्पनीले ५ विघा जग्गा खरिद गरी उद्योग लगाएको हो ।

को हुन ज्याग सिंह?

प्रबन्ध निर्देशक ज्याग सिंह २०५० सालमा वीरगंजमा स्थापना भएको जिएचपी बोर्डिग स्कूलकी सञ्चालिका परमिन्दर कौरका छोरा हुन्। कलेज जीवन न्यूजिल्याण्डमा बिताएका ज्याग एमबिए गरेका छन्। विद्यार्थी जीवनदेखि न्यूजिल्याण्डमा रेस्टुरेन्ट व्यवसायबाट विजनेस शुरु गरेका ज्याग ३ वर्षयता , जिएचपी स्कूलका प्रबन्ध निर्देशक तथा उद्योग स्थापनामा लागेका थिए ।

Back to top