×

वीरगंज, वैशाख २२ - पब्लिक एफएम श्रोता कल्ब तथा नेपाल भिजन केयर अस्पतालले संयुक्त आयोजनामा आज पर्साको बिन्दवासनी गाँउपालिका टोल झौवामा निःशुल्क आँखा शिबि सम्पन्न गरेको छ ।

श्रोता कल्बका अध्यक्ष मुकेश कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा १ सय ७५ जनाको आँखाको परिक्षण गरिएको छ भने उक्त शिबिरबाट ११० जनामा मोतिया बिन्दु फेला परेको नेपाल भिजन केयर अस्पतालका कबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

शिबिरमा डा.आशा साह, प्राबिधिक रोशन चौधरी, घनश्याम कुश्वाहा लगायतको टोलीले सहयोग गरेको थियो । कार्यक्रममा पब्लिक एफ.एकको तर्फबाट निर्देशक शुम्भु चौधरी, प्रकाश थारु, राजेन्द्र सिंंह, कार्यक्रम संयोजक अनिल साह, संजय गुप्ता तथा श्रोता कल्बको तर्फबाट संदिप कुमार कुश्वाहा, मिना देवी गुप्ता, उम्राबती देवी पंडितकोे उपस्थीति रहेको थियो । मोतिया बिन्दु फेला परेकाहरुको शल्येक्रिया गरिने नेपाल भिजन केयर अस्पतालका कबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

Back to top