×

वीरगंज, वैशाख २१ - वडा प्रहरी कार्यालय विर्ताले प्रतिवन्धित लागु औषधि सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

वडा कार्यालय विर्ताबाट खटेको प्रहरीले वीरगंज महानगरपालिका वडा नं ४ बाट रौतहट जिल्लाको राजदेवी नगरपालिकाका हाल वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने २० वर्षीय राहुल सिंह र वीरगंज महाग्नार्पालिका वडा नं. ५ बस्ने १९ वर्षीय धिरज पटेललाई प्रतिबन्धित लागु औषधि संग पक्राउ गरेको हो ।

सिंह र पटेललाई २ सय २५ वटा प्रतिबन्धित औषधि नाइट्रोभेट सहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिस कर्णले जानकारी दिए । पक्राउ गरि उनिहरुलाई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको कर्णले बताए ।

Back to top