×

वीरगंज, वैशाख १९ - नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन ।

खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४.२९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अहिले नेपालमा पेट्रोल भारतमा भन्दा २१.९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको छ ।

Back to top