×

वीरगंज, वैशाख १९ - इन्डियन प्रिमियर लिग(आईपिए)को बुधबारको खेलमा दिल्ली डेयरडेभिल्सले सनसनीपूर्ण जित हात पारेको छ। डिएल मेथोडमा उसले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ। जितसँगै आईपिएलमा प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। जितपछि दिल्ली आठबाट छैठौं स्थानमा उक्लिएको छ।

पानीले अवरोध गरेको खेलमा राजस्थानले १२ ओभरमा एक सय ५१ रनको लक्ष्य पाएको थियो। ओपनिङमा आएका जोस बटरले २६ बलमा ६७ रन हानेर जितको बलियो आधार बनाएका थिए। त्यस्तै अर्का ओपनर डिआर्की सर्टले २५ बलमा ४४ रनको योगदान दिए। त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा राजस्थान १२ ओभरमा ५ विकेट गुमाएर उसले १ सय ४६ मात्र बनाउन सक्यो। अन्तिम ओभरमा राजस्थालाई १५ रन आबश्यक परेको थियो भने अन्तिम २ बलमा १० रन चाहिएको थियो। ११.४ ओभरको बलमा चौका प्रहार भएपनि अन्तिम बलमा ६ रन चाहिएको थियो। तर राजस्थानका ब्याट्सम्यान क्रिस्नपा गोथामले एक रन मात्र जोड्न सफल भए।

टस जितेर राजस्थानले बलिङ रोजेको थियो। दिल्लीका युवा ब्याट्सम्यानहरुले आक्रामक ब्याटिङको सहयोगमा दिल्लीले १७.१ ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रनको बिशाल स्कोर बनाएको थियो।

दिल्लीका लागि रिसब पन्तले २९ बलमा ६९ रनको योगदान दिएका थिए। कप्तान श्रेयार इयरले ५० तथा पृथ्वी शाहले ४७ रन जोडेका थिए।

लिग चरणमा दिल्लीका अब ५ खेलमा बाँकी छन्। प्लेअफमा पुग्नका लागि उसलाई सबैजसो खेल जित्नुपर्ने बाध्यता छ।

नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीले कप्तान फेरिएपछि राम्रो प्रदर्शन गरिररहेको छ। ६ मध्ये ५ खेल हारेपछि दिल्लीका कप्तान गौतम गम्भीरले राजिनामा दिएका थिए। युवा खेलाडी श्रेयस इयर दिल्लीको कप्तान छन्।

Back to top