×

वीरगंज, वैशाख १८ - महेन्द्रसिंह धोनी इण्डियन प्रिमियर लिग (आइपिएल) सबै भन्दा धेरै रन बनाउने कप्तान बनेका छन्। चेन्नई सुपरकिंग्सका कप्तान धोनीले सोमबार रातीको खेलमा ५१ रन बनाई कुल ३ हजार ३५६ रनसहित सबै भन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड बनाएका हुन्।

धोनी भन्दा अघि यो रेकर्ड दिल्ली डेयरडेभिल्सका पूर्व कप्तान गौतम गाम्भिरको नाममा थियो। गाम्भिरले कुल ३ हजार ५१८ रन बनाएका थिए। रनको हिसाबमा गाम्भिर अहिले पनि धोनी भन्दा अगाडी रहेपनि उनि अहिले कप्तान नरहेकोले यो रेकर्ड धोनीको नाममा रहेको हो।

सोमबार राती दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा धोनीले नटआउट ५१ रन बनाएका थिए जसमा दुई चौका र पाँच छक्का सम्मिलित छन्। उनले मात्र २२ बलमा ५१ रन हानेर दिल्ली विरुद्ध १३ रनको विजय सुनिश्चित गरेका थिए।

Back to top