×

काठमाडौं बैशाख १७ निरुता सिंहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भइसक्यो। फिल्म गर्दागर्दै चटक्क मुम्बई उडेकी उनी त्यसयता पर्दामा फर्किनन्। तर, बेलाबखत पत्रकारले ुफिल्म नगर्नेरुु भन्ने प्रश्नमा ुराम्रो रोल पाए गर्नेु जवाफ छुटाउँदिनन्।

हरेक फिल्मसँगै पुराना हुने कलाकारिताको चलनमा निरुतालाई लिने झन्झट कसले गरिरहने १ तर फिल्ममा नदेखिएर के फरक पर्छ, निरुता नेपालका अवार्ड कार्यक्रममा भने नछुटाई देखापर्न थालेकी छिन्।

निरुता केही समयपहिले दुबईमा भएको म्युजिक भिडियो अवार्डमा अतिथिका रूपमा देखापरेकी थिइन्। म्युजिक भिडियो अवार्डमा अतिथि बनेको एक महिना पनि बितेको थिएन, उनी शनिबार काठमाडौँमा अर्को अवार्डमा अतिथि भएर देखिइन्।

चलचित्र विकास कम्पनीले बर्सेनि आयोजना गर्दै आएको एनएफडीसी अवार्डको मनोनयन वितरण कार्यक्रममा निरुता अतिथिका रूपमा सहभागी भइन्। भित्री कुरा केही छ भने निरुता नै जानून्, नत्र त हरेक अवार्डमा अतिथि बन्न मात्र त कस्तो रहर ?

Back to top