माधुरी र सञ्जय एकसाथ देखिने

136

Share
  •  
  •  
  •  

मुम्बई बैशाख १७  माधुरी दीक्षितले यसअघि थानेदार, खलनायक, महानताजस्ता केही फिल्ममा सञ्जय दत्तसँग काम गरेकी थिइन्। यो बीचमा सञ्जय विभिन्न झमेलामा परेपछि माधुरीसँग उनको दूरी बढेको थियो।

सञ्जयको जीवनीमाथि बनिरहेको फिल्मबाट आफ्नो किस्सा हटाउन माधुरीले फिल्म निर्देशक राजकुमार हिरानीसँग आग्रह गरेकी थिइन्। निर्देशकले पनि उनको आग्रह मानेर फिल्मबाट सञ्जयको जीवनसँग जोडिएको माधुरीको किस्सा हटाएका छन्। सञ्जय पनि माधुरीको विवाहित जीवनमा कुनै असर नपरोस् भन्ने नै चाहन्छन्।

अब यी दुवै स्टार एउटा फिल्ममा फेरि एकसाथ देखिने भएका छन्। करण जोहरले ‘कलंक’ नामक फिल्म बनाउने घोषणा गरेका छन् जसमा माधुरी र सञ्जय एकसाथ देखिने भएका हुन्। यो फिल्ममा उनीहरूको साथमा सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन र आदित्य राय कपुर पनि देखिनेछन्।

यो फिल्म बनाउने आइडिया करण जोहरका पिता यश जोहरको दिमागमा १५ वर्षपहिले नै आएको थियो। करणका पिता अब यो दुनियाँमा छैनन्। करण पिताको आइडियामाथि फिल्म बनाउँदैछन्। फिल्मको निर्देशन अभिषेक बर्मनले गर्दैछन्। बर्मनले यसअघि ‘टु स्टेट्स’ नामक सफल फिल्म बनाएका थिए। ‘कलंक’ १९ अप्रिल २०१९ मा रिलिज गरिने बताइएको छ। एजेन्सी


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here