×

दैलेख, वैखाख ९ – दैलेखमा डिजेलरपेट्रोल अभाव भएको छ ।

पेट्रोल अभावका कारण यातायात सेवा प्रभावित भएको छ ।

डिमाण्ड पठाएको एक साता भइसक्दा पनि नेपाल आयल निगम नेपालगञ्जले बेवास्ता गरेको कारण अभाव सिर्जना भएको दैलेख आयल ट्रेडर्सका सञ्चालक शान्तिप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्लाको एक मात्र पेट्रोल पम्पमा पेट्रोल अभाव भएको आफूलाई आइतबार मात्र जानकारी भएको र जतिसक्दो छिटो आपूर्ति व्यवस्था मिलाउन व्यवसायीलाई भनिसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी व्श्विराज न्यौपानेले बताउनुभयो ।

पहिले १ सय १० रुपैयाँमा पाइरहेको पेट्रोल चैत २० गतेदेखि १ सय १२ रुपैयाँ र वैशाख ३ गतेदेखि १ सय १३ रुपैयाँ पुर्‍याइएको र अहिले फेरि अभाव सिर्जना गरेर तेल व्यवसायीहरुले मूल्य बढाउन खोजेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

लगातार ५ दिनदेखि पेट्रोल अभाव भएपछि आफूले मोटरसाइकल थन्काएर राखेको एनजीओकर्मी निर्मल अधिकारीले जानकारी दिनुभयो । ‘पेट्रोल नहुँदा यात्रुहरुले सार्वजनिक बसको पट्यार लाग्दो यात्रा वा जीप रिजर्ब गर्नु परेको छ’ अधिकारीले भन्नुभयो । दैलेखमा औषत दैनिक ५ सय लिटर पेट्रोल खपत हुने गर्दछ ।

अहिले डिजेल भने पर्‍याप्त रहेको दैलेख आयाल ट्रेडरले जनाएको छ । दैलेखमा डिजेलको मूल्य ८८ रुपैयाँबाट बढेर चैत २० गतेदेखि ९० रुपैयाँ र वैशाख ३ गतेदेखि ९२ रुपैयाँ पुगेको छ । उज्यालो

Back to top