×

वीरगंज, बैसाख ९ - इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार राति भएको खेलमा बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको बैंगलोर १८ ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो ।

बैंगलोरको पाँच म्याचमा यो दोस्रो जित हो भने समान खेल खेलेको दिल्लीको चौथो हार हो ।

बैंगलोरको जितमा एविडी भिलियर्सले नटआउट ९० रनको योगदान गरे । ३९ बल सामना गरेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । उनी प्लेयर अफ दि म्याच भए ।

Back to top