×

वीरगंज, बैसाख ८ - बहुचर्चित स्विडिस डिजे अभिसीको २८ वर्षमा निधन भएको छ । उनी विश्वकै चर्चित डिजेहरुमा पर्छन् । उनले म्याडोना एन्ड कोल्डप्लेहरुसँग साझेदारीमा काम पनि गरेका थिए । ओमनमा उनको मृत्यु भएको हो ।

अभिसीको वेक मी अप विश्वकै चर्चित गीतमध्ये पर्छ । त्यस्तै, हे ब्रदर, लोन्ली टुगेदरले पनि विश्वभरबाट प्रशंसा पाएका थिए ।

उनका प्रतिनिधिले उनको निधनको पुष्टि गर्दै विज्ञप्ति निकालेका छन्, ‘हामीलाई दुःख लागेको छ, अभिसीको निधनले ।’

Back to top