×

वीरगंज, बैसाख ८ - पर्सा प्रहरीले शुक्रबार भन्सार छली भारतबाट नेपाल ल्याईएका कपडा सहित अवैध सरसमानहरु पक्राउ गरि आवशयक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाएको छ ।

तस्करहरुले भारतबाट भन्सार छली ल्याईरहेको अवस्थामा पक्राउ गरेको कपडाहरु कुर्ता सुरुवाल, साडी, लेहेंगा, कुर्ता सुरुवालको थान कपडा तथा मोटर साईकलको ब्रेक सोल लगायतका सामनहरु शुक्रबार गस्ती गर्नै क्रममा पक्राउ गरेको थियो ।

तस्करहरुले भारतबाट खरिद गरी भन्सार छली सामानहर नेपाल ल्याईरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सो अबैध सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ मा एक ब्यक्तिले मोटरसाईकलमा लोड गरि अबैध कपडाहरु ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देख्ने बितिकै सामान छाडी फरार भएका थिए ।

यस्तै पर्सा प्रहरीले भारतबाट भन्सार छली ल्याइएको अबैध कपडा बरामद गरेको छ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाटाबाट तस्करहरुले भन्सार छली ल्याईरहेको अवस्थामा अबैध कपडा साडी ब्लाउजका पिस, सट पाइन्टको कपडा, अण्डरवेयर लगायतका कपडाहरु बरामद गरेको हो ।

बरामद कपडाहरुलाई आवशयक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा पठाईएको पर्सा प्रहरीले जनाएको छ । तस्करहरु भने प्रहरीलाई देख्नेबितिकै फरार भएका थिए ।

यसैगरि प्रहरीले भारत तर्फ तस्करी गर्न लागेका मरिच १० के.जी.बरामद गरेको छ ।बिरगंजबाट भन्सार छली भारततर्फ मरिच लुकाई छिपाई लगिरहेको सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक्त परिमाणको मरिच बरामद गरेको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा अपरिचित ब्यक्तिले बोकी ल्याएको मरिच प्रहरीलाई देख्नासाथ छाडेर फरार भएका थिए । बरामद गरिएको मरिच आवशयक अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top