×

यौनजन्य हिंसा तथा बलात्कार मुक्त समाज निर्माणको लागि सबैले आ-आफ्नो स्तरबाट जुट्नु जरुरी छ । यसमा राज्य र प्रहरीको मात्र मुख ताक्नु र आश्रीत हुनु जायज होइन । यसको लागि यि निम्नलिखित उपायहरु हुन्सक्छन कि ? ===========================--== १. यो समाज हाम्रो हो । यसमा हामी सबै मिलेर बस्छौ । त्यसैले, आफ्नो समुदायको निर्माणमा सबैको संलग्नता बराबर हुनुपर्दछ । २. समाजमा बिद्यमान र जडा गाडी बसेका विभिन्न सामाजिक समस्याहरु, कुरितिहरु, बिकृतिहरु, बिसङती र कुसंस्कारहरुको बिरुद्ध सबैले हातेमालो गरि र कसैको मुख नहेरी निरन्तरता र सकृयताका साथ अघि बढनु पर्ने हुन्छ । ३. पितृसत्तात्मक सोच र पुरुष प्रधान सोचलाइ बदल्दै सबैले ब्यवहारमा उतार्नु पर्दछ । ४. दारु सराब र नशाजन्य पदार्थको सेवन, दुरुपयोग र अबैध ओसारपसार बिरुद्ध सबैले सचेत भइ लाग्नु पर्दछ र कुलतमा लागेकाहरुको समाजिक पुनर्स्थापनामा परिवार र समाज बराबर जिम्मेवार हुनुपर्दछ । ५. प्रत्येक घरघरमा अनिवार्य चर्पिको ब्यवस्थापन र प्रयोग निरन्तर गरिराख्नु पर्दछ । ६. समाजिक सद्भावमा वृद्धि र समाजिक बिभेदिकरणको अन्त्यका लागि सबैले पहल, पैरवी र जन वकालत समुदायमा निरन्तर गरिराख्नु पर्दछ । ७. महिला र नारी शक्तिको पुजा र सम्मान गर्नु पर्दछ । ७. समाजमा निरन्तर रुपमा सचेतनामुलक कार्यक्रमहरु ग्रामिण स्तरमा पनि सन्चालन गरिराख्नु पर्दछ । ८. पारिवारिक आर्थिक वृद्धिमा सबैले स्त्री पुरुष बिच विभेद हटाइ लाग्नु पर्दछ । ९. छोरीलाइ पनि छोरा सरह बिना भेदभाव पठनपाठनको समुचित ब्यवस्थापन मिलाइ समान अवसर प्रदान गर्नुपर्दछ । १०. छोरीचेलि हाम्रो समाजमा पुजिनु पर्दछ, मारिनु हुदैन भन्ने मान्यता बोकि सबैले आत्मसात गरि हिड्नुपर्दछ । ११. दहेज कुप्रथाको अन्त्य त अनिवार्य नै गरि दहेज मुक्त समाजको निर्माण भएको हुनुपर्दछ । १२. स्कुल कलेजमा पढ्ने छोरिचेली उपर लगायत गाउँघरमा पनि आफुलाइ ठुला र धनाडय परिवारका छोरा सम्झने र हाम्रा ती छोरीचेलीहरुमाथि छेडखानी गर्दै हिड्ने भुस्याहा कुकुर र नवमजनुहरुको बिरुध सामाजिक अभियान नै सन्चालनमा ल्याउनु पर्दछ । १३. साथै, शिक्षा र जनचेतना अभिबृद्धीको कार्यक्रम निरन्तर रुपमा स्थानिय तह, सरोकारवाला निकाय र हामी सबै बिचको बलियो सहकार्यमा निरन्तर रुपमा गरि राख्नु पर्दछ । यस्ता अन्य महत्त्वपूर्ण कार्यहरु हुनसक्छन् जो सुन्दर, शान्त, समृद्ध र स्वच्छ समाजको निर्माण गर्नमा मद्दत गर्दछ । यस्ता सामाजिक कार्यहरुलाइ हामी सबैले आत्मसात गरि हातेमालो गर्दै अघि बढेमा अवश्य नै हाम्रो समाज एकदिन सामजिक कुरिती, बिकृती, कुसंस्कार, दहेज लगायत यौनजन्य हिंसा र बलात्कार मुक्त समाजको निर्माण हुनेमा म सत प्रतिसत बिश्वस्त छु । जय समाज !

Back to top