×

सिन्धुपाल्चोक चैत्र १८ –भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले अब छिट्टै तातोपानी नाका सञ्‍चालनमा आउने बताएका छन्। ‘चिनियाँ कम्पनीले ड्राइपोर्टको काम सुरु गरिसकेको छ, अबको केही दिनमा नै बाटो सफा गर्ने काम सुरु हुन्छ,’ अध्यक्ष राजकुमार पौडेलले भने, ‘नाका अबको महिना दिनभित्रैबाट सञ्चालनमा आउने योजनाका साथ काम अगाडि बढेको छ।’ विनाशकारी भूकम्पपछि ठप्प रहेको तातोपानी नाका तीन वर्षपछि खुल्ने भएको छ। तातोपानी नाका सञ्चालनको लागि सीआरसिसी कम्पनीले ड्राइपोर्टको काम सुरु गरिसकेको छ। नाका नखुल्दा दुवै देशलाई अर्बैको राजस्व घाटा भएकाले तातोपानी नाका सञ्चालनमा ल्याउन जिल्लाका मन्त्री, सांसद र स्थानीयले पहल गरिरहेका थिए। सिन्धुपाल्चोक प्रतिनिधिसभा(१ का सांसद अग्निप्रसाद सापकोटाले तीन महिनाभित्रमा तातोपानी नाका खुलाएरै छाड्ने उद्घोष गरेका थिए। तातोपानी नाकाको विषयमा पटक(पटक बैठक बस्दासमेत चिनीयाँ पक्षले आश्वासन मात्र दिएको थियो।लामो समयपछि चिनियाँ पक्षले तातोपानी नाका सञ्चालनमा जोड दिएर काम थालनी गरेको छ। चिनियाँ सरकारसँग पछिल्लो चरणमा बसेको बैठकले नेपाली प्रतिनिधिलाई नाकाको विषयमा पूर्ण रुपमा सुरक्षा प्रत्याभूतिको माग गरेको थियो। तातोपानी नाकाबाट आपराधिक घटनाको वृद्धि भएकै कारणले गर्दा चिनियाँ पक्षले नाका खोल्न जिब्रो चपाइरहेको थियो। नाका नखुल्दा नाकासँग आश्रित हजारौं स्थानीय, व्यापारी, व्यवसायी र मजदुरको रोजिरोटी खोसिएको छ। जुरे पहिरोबाटै ठप्प भएको नाका तीन वर्ष बित्नै लागेपछि नाका खुल्ने भएको छ। नाकासँग आश्रित भएकाहरूको जनजीवन पुनस् विकशित हुनेछ। दैनिक दुई करोडभन्दा बढी राजस्व संकलन हुने नाका बन्द भएपछि हुँदा २० अर्ब भन्दा धेरै राजश्व घाटा बेहोरिरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। नाकाबाट जीवन निर्वाह गर्दै आएका साना ठूला व्यवसायी, मजदुर, व्यापारी समेत गरी चार हजार भन्दा बढी प्रत्यक्ष मारमा परेका थिए। नाका आसपास करोडौंको लगानीमा खोलिएको होटल अहिले सुनसान छ। त्यहाँ काम गर्ने कामदारहरूको रोजिरोटी गुमेको छ। नाकालाई लक्षित गरी थुप्रै बैंक तथा वित्तीय संस्थाहरू खुलेका थिए। तर अहिले अन्य सहरमा सरिसकेको छन्। नाकाबन्द हुँदा यो मार्ग हुँदै चीनको मानसरोबर भ्रमणमा जाने विदेशी पर्यटक शून्यमा झरेका छन्। तातोपानी धारामा स्थान गर्ने, बन्जी जम्प गर्ने, र्‍याफ्टिङ गर्ने आन्तरिक र बाह्य पर्यटकहरू आउन छाडेको छन्।थाहखबर

Back to top