१५ करोडको तेलहन बाली उत्पादन

186

वीरगंज, चैत १८ – बारा जिल्लामा अर्थिक वर्ष २०७४÷७५ मा किसान रु १५ करोडको हाराहारीमा तेलहन बाली उत्पादन गरेका छन् । यस वर्ष जिल्लाको उत्तरीभेगमा आलस,तोरी,सस्र्यूलगायतको उत्पादन राम्रो भएको जिल्ला कृषि कार्यालयका प्रमुख शिवरत्न साहले बताए ।जिल्लाका निजगढ,भरतगञ्ज सिगौला,रतनपुरी,सपही,डुबरवाना,कोल्हबी,प्रसौनी,अमलेखगञ्ज क्षेत्रमा एक हजार नौ सय २५ हेक्टरमा तोरी खेती गरेका थियो ।यसबाट २ हजार १ सय १७ दशमलव ५० म्ट्रिक टन उत्पादन भएको प्रमुख साहले जनाकारी दिए । अहिले बजारमा तोरीको भाउ प्रतिक्वीण्टल रु ७ हजार छ । गत वर्ष कृषकले १ हजार ९ सय १५ हेक्टरमा खेति गरेका थिए । यसबाट प्रतिहेक्टर २ हजार १सय ६ दशमलव ५ मेट्रिक टन उत्पादन भएको साहले बताए ।जिल्लाको प्रसौनी गाउँपालिका ६ बेलाहीस्थित बङ्गुरी खोलामा निर्माण हुने सिँचाइ योजनाबाट ४ सय बिगाहा हराहरी खेतमा सिँचाइ हुने स्थानिय रुद्र कुशवाहाले जानकारी दिए ।प्रत्येक वर्ष बेलाहीका किसान १ लाख रुपैयाँ लगाएर कच्ची बाँध बाँधेर सिँचाइ गर्दथे ।तर वर्षयाममा ती बाँध फटेर वर्षनि लाखौको क्षति हुने भएकोले पक्की सिँचाइ गर्ने लागिएको स्थानिय दिनेश कुशवाहा बताए । सिँचाइ योजनाको पूर्वमन्त्री प्रभु साहले शिलन्यास गरेका करिब ३५ मिटर लम्बाई सिँचाइ बाँधको करिब ६ करोड ५४ लाख ३८ हजार लागतमा निर्माण काम पुर्ण भएपछि सो क्षेत्रका हजारौं किसान लाभान्वित हुने छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here