×

वीरगंज, चैत १७ - लागु औषधि कारोवारीहरुलाई पक्राउ गर्न पुगेको प्रहरी टोली माथी पर्सामा स्थानीहरु तथा अपराधिहरुले आक्रमण गरेका छन् । पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनमा स्थानीयहरुले प्रहारीमाथि शुक्रबार राति आक्रमण गरेका हुन् ।

आक्रमणमा परी ७ प्रहरी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीहरुको वीरगंज स्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा सामान्य उपचार भए पछि सबै प्रहरी काममा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए तर पहिचान खुलाउन मानेनन ।

पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोली त्यहाँ पुगेको थियो । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीका अनुसार, त्यहाँ पुगेलगत्तै स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १० र १५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको प्रवक्ता लिम्बुले बताए । झडपपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको प्रहरीको दावी । स्थानीयको प्रतिकार पछि अभियुक्त भाग्न सफल भएका थिए । प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन स्थानीयलाई पक्राउ गरेको छ ।

स्थानीय जिर्योधन महतो, मुन्नीलालप्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवाहा पक्राउ परेका हुन् । प्रहरीका अनुसार हामी प्रहरी हौ तपाईहरुकै लागि काम गर्न आएको हो भन्दै परिचय पत्र पनि देखाउँदा स्थानियहरु नमानेको तथा प्रहरीलाई दुर्व्यवाहार गर्दै आक्रममा उत्रेको प्रहरीको भनाई छ ।

स्थानिहरुले आक्रमण गरी अपराधीलाई भगाएको प्रहरीको भनाई रहेको छ । तर स्थानियहरुले प्रहरी हिरासतमा रहेका तीन व्यति निर्दोष रहेको वताएका छन् । गाउँमा के को हल्ला भई रहेको भन्दै हेर्न गएको स्थानियलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको स्थानियवासीहरुले वताएका छन् । घटनामा दोषी रहेकाहरु तथा लागु औषध मुदामा फरार रहेका अपराधीको खोजी भईरहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीका अनुसार घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीहरुलाई काकुन अनुसार करवाही गरिनेछ ।

Back to top