×

वीरगंज, चैत १७ (पर्साका विभिन्न गाउँपालिका झैँ गाउँपालिकाको नाम र सेवा केन्द्रको विषयलाई लिएर सखुवा पर्सौनी गाउँपालिकापालिकामा सुरु भएको विवाद अहिले पनि सुल्झेको छैन । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालली आफु खुसि गाउँपालिकाको नाम र सेवा केन्द्र परिवर्तन गरेको आरोप लगाउदै स्थानीयहरुले सेवा केन्द्रमा लगाएको तालाबन्दी अहिले पनि खुलेको छैन । आन्दोलन शुरु भएको आज १८ दिन पुगी पनि समाधानको हुनसकेको छैन ।

अध्यक्ष जयसवालले आफ्नो समर्थक तथा पक्षधरहरु परामर्श गरि वडा अध्यक्षको सहमतिमा गत फागुन २७ गते गाउँपालिकाको नाम पारसनाथ राखने र सेवा केन्द्र महुवन सार्ने निर्णय गरे पछि निर्णयबाट असन्तुस्ट व्यक्तिहरुले आन्दोलन र अनशन शुरु गरेका हुन् । आन्दोलनरत पक्षले गाउँपालिका अध्यक्ष जयसवालले धोकबाट वडा अध्यक्षहौरको हस्ताक्षर संकलन गरी निर्णय गरेको आरप समेत लगाएका छन् । उक्त कार्यको विरोध गर्दै गत फागुन ३० गते देखि गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, केहि वडा अध्यक्ष र वडा सदस्यहरु संघर्ष समिती गठन गरी विरोध समेत व्यक्त गरेका छन् । अध्यक्ष जयराम महतो, सदस्यहरु देवनारायण चौधरी,तपसी चौधरी,बिहारी राम,नागेन्द्र चौधरी,यसवान्त यादव, हरिलाल राम,शम्भु यादव,महेन्द्र यादव लगाएतको विरोधमा सक्रियता रहेको छ ।

निर्णयको विरोधमा गत ३० गते देखि गाउँपालिका कार्यालयमा तालाबन्दी र अनशनको आज १८ दिन बितिसक्ता पनि समाधान मिल्न सकेको छैन ।

गाउँपालिकाको अध्यक्ष जयसवाल अनुसार हालका लागि देवरबनामा अपरझट आईपरेको काम र कर्मचारी बस्ने तथा हाजिर गर्ने वातावरणको लागी सेवा मात्र सुचारु भएको छ ।

गाउँपालिका संघर्ष समितीको अध्यक्ष जयराम महतो अनुसार आफु वार्ता गर्न तैयार रहे पनि गाउँपालिका अध्यक्षले वार्ता गर्न आनाकानी गरेका छन् । आफु २४ सै घण्टा वार्ता गर्न तैयार रहे पनि गाउँपालिका अध्यक्षको लापरवाहीका कारण वार्ता हुन नसकेको महतोले बताएका छन ।

गाउँपालिका उपाध्यक्ष फुलकुमारी देवी चौधरले गाउँपालिका अध्यक्षमाथी मनपरी गरेको आरोप लगाएकी छन । बोर्ड बैठकमा बिना छलफल आफ्नो प्राइभेट रजिस्टर उपभोक्ता समिती भन्दै केहीजन प्रतिनिधिहरु संग सहीगराएको चौधरीले आरोप लगाएकी छन ।

Back to top