८७ लाख रुपैयाँमा वीरगंजमा सुविधासम्पन्न अपार्टमेन्ट

376

वीरगंज १७ चैत आदर्शनगर जैन धर्मशालाको पछाडी साढे १४ कठ्ठा जग्गामा निर्मित अपार्टमेन्ट हाउसको ब्लक ‘ए’ र ‘बी’को उद्घाटन भएको हो  ब्लक ‘सी’को निर्माण भइरहेको शालिमार होम्सका अध्यक्ष हेमन्त वैद्यले बताए । ब्लक ‘ए’मा तीन बेड रुम भएको २७ वटा फ्ल्याट र ‘बीमा’२ बेड रुम भएको ९ वटा फ्ल्याट छ।शनिबारसम्म फ्ल्याट बुकिङ गर्नेलार्इ ५ प्रतिशत छुट दिइने उनले बताए।

फ्ल्याट किन्न चाहनेले १० प्रतिशत ब्याजमा एभरेष्ट बैंकले ऋण दिनेछ।वैद्यका अनुसार बैंकले ७५ प्रतिशतसम्म कर्जा दिनेछ।फ्ल्याटको मूल्य ८७ लाख रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्मका छन्।ब्लक ‘ए’ मा प्रति वर्गफिट अहिले ६ हजार १ सय ७५ रुपैयाँ र ब्लक ‘बी’मा हाल प्रति वर्गफिट ६८ सय ४० रुपैया तोकिएको समूहका सञ्चालक अशोक बैद्यले जानकारी गराए ।
अपार्टमेन्ट हाउसको ब्लक सीमा स्वीमिङ पुल(एडल्ट–चाइल्ड),कम्युनिटी हल,ओपेन टेरेस,जीम क्लब ,चिल्ड्रेन पार्क,मन्दिर,सुरक्षा प्रबन्ध तथा आगलागीबाट बचाउन आधुनिक अग्नी नियन्त्रक उपकरणसमेत राखिएको छ ।१० तल्ले भवनमा लिफट र भुर्इँतल्लामा पार्किङको व्यवस्था छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here