×

वीरगंज, चैत्र १६ - वीरगंज भन्सार नाकाबाट निर्यात घटेको छ । आयात बढेको तुलनामा निर्यात भने वार्षिक घट्दै गएको वीरगंज भंसार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

वीरगंज भंसारको तथ्याङ्क अनुसार भारत तथा तेस्रो मुलुकबाट ठूलो परिमाणमा सामान आयात भए पनि निर्यातको दर भने दिन प्रतिदिन खस्कँदै गएको छ ।

वीरगंज नाकाबाट चालू आवको आठ महिनामा गत आवको तुलनामा ३२ गुणाले आयात वृद्धि भएको छ तर निर्यात भने २३ प्रतिशतले घटेको छ । गत आवमा वीरगंज नाकाबाट रु दुई खर्ब १५ अर्ब ४६ करोड ८६ लाखको वस्तु आयात भएको थियो । चालू आवको सोही अवधिमा २० प्रतिशत बढी आयात भएको छ अर्थात् रु ४३ अर्ब ५३ करोड दुई लाख मूल्य बढीको वस्तु आयात भएको छ ।

यसैैगरी गत आवको साउनदेखि फागुनसम्म रु १० अर्ब १० करोड २९ लाखको विभिन्न वस्तु निर्यात भएको थियो । तर चालू आवको सोही अवधिमा २३ प्रतिशत अर्थात् रु दुई अर्ब २९ करोड ७५ लाखको वस्तु मात्र निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

साभार : प्रतीक

Back to top